Saturday, April 10, 2010

Interaction on new constitution and Kiratee’s issue

March 8, 2010
NGO Federation of Nepalese Indigenous Nationalities (NGO-FONIN) and Federation of Indigenous Kirat Association (FIKA) jointly organized a one-day interaction on “New Constitution and Kiratee’s Issue” on 8th March 2010. The purpose of the interaction was to discuss on state restructure and Kiratees’ issues, which is whether properly being addressed by the new constitution or not and to build consensus about the issues among Kiratee groups, so that collective opinion/suggestions could be made to the concerned. In the program, four separate concept papers on state restructuring, Kiratee’s issues including existing situation update were presented and discussed. The interaction program was concluded with the consensus of continuing similar interactions will all concerns and feed to Constitution Assembly on time. A total of 75 participants from various Kiratee groups, CA members took part in the interaction.

Workshop on Bio-diversity

February 14, 2010
With an objective to impart knowledge and skills with NGO Federation of Nepalese Indigenous Nationalities (NGO-FONIN) member organisations those who are implementing bio-diversity program activities, a two-day workshop was organised on 13 and 14 February 2010. A total of 26 representatives from NGO-FONIN and member organisations (MOs) were present in the workshop. The workshop was concluded with drawing an action plans which to implement in the districts by MOs.

Wednesday, April 7, 2010

Program review workshop

Strategic Partnership program with the support of Danida Human Rights and Good Governance Advisory Unit (DanidaHUGOU) and Action Aid International, Nepal. The program has been started NGO Federation of Nepalese Indigenous Nationalities (NGO-FONIN) is implementing from 17 Ashad 2066 (1 July 2009). With the purpose to review of the program for six month period, a three-day review workshop was held from 18 to 20 January 2010. Particularly, the review was focussed on district based program/activities where NGO-FONIN is implementing Indigenous Peoples Empowerment and Inclusion program activities in 20 districts through member organisations (MOs) under the strategic partnership program.

The respective MOs from respective districts shared the activities, achievements carried out, and learning made during the six month period. On the basis of the review and reflection further action plan has been developed. A total of 29 participants/representatives took part in the review program.

Thursday, April 1, 2010

test

testingtesting testingtesting testingtesting testingtesting testingtesting testingtesting testingtesting testingtesting testingtesting testingtesting testingtesting testingtesting testingtesting testingtesting testingtesting testingtesting testingtesting

Thursday, October 15, 2009

Interaction program with woman. Organizations

NGO- FONIN organized interaction program for one day with different woman organizations (Baisakha 10, 2065) that was how to empowerment and involve of woman in the future program? What are their organizational mission, vision, and goal? What they except from NGO-FONIN? What is their suggestion to NGO-FONIN? There was 25 participations from different organization like Help Nepal, Himalayan sarbanggin development, pabitra paldor samaj, Lohorung woman samuha, Indigenous sarokar Kendra, Chamling language, culture development, Nepal kirat kulung mahila samaj, Spin, Nepal indigenous woman federation, Thulung mahila samaj, Bahing kirat ingsimi mulukhim. This program was first time organized by NGO-FONIN with a view to empowerment and encourage for woman.

वार्षिक कार्यक्रम योजना र रणनीतिक योजना सम्वन्धि दुई दिने अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न

आदिवासी तथा जनजाति गैरसरकारी संस्था महासंघ आदिवासी जनजातिहरुले स्थापना गरेको गैरसरकारी संस्था तथा आदिवासी जनजाति जातिय संस्थाहरुको छाता संगठन हो । हाल यसमा झण्डै ८० भन्दा बढी जातिय तथा गैर सरकारी संस्था आवद्ध भई महासंघको सदस्य संस्था भएका छन् । धेरै वर्ष देखि राज्यको एक जाति एक भाषा, एक धर्म, एक संस्कृति हिन्दु राज्यको प्रभावका कारण आदिवासी तथा जाजातिहरु अधिकार बिहीन र पछाडी पारिएको अवस्थामा छन् । पछिल्लो समय, विशेष गरी २०४६ को राजनीतिक परिवर्तन पछिको खुलापनका कारण उनीहरु आफ्नो अधिकार प्रप्तीका लागि विभिन्न कोणबाट आवाज उठाई रहेका छन् । सामाजिक आन्दोलनबाट उठान भएको आदिवासी जनजाति आन्दोलन बिस्तारै राजनीतिक आन्दोलन तर्फ केन्द्रीत हुन थालेको छ । हुनत विगतमा पनि जातीय मुक्तिका लागि राजनीतिक विदे्राहहरु नभएका होईनन् । तर तत्कालीन राज्यको दमनकारी नीति र आदिवासी जनजातिमा आफ्नो अधिकार प्रति कम चेतना भएका कारण विद्रोहका स्वरहरु दबाईका थिए । पछिल्लो समयमा आएर राजनीतिक रुपमा आदिवासी जनजाति सचेत जागरुक बनेको अवस्था छ । त्यसैको परिणाम स्वरुप अधिकाँश राजनीतिक दलको नीति तथा घोषणमा मात्र भएपनि आदिवासी जनजातिका सवाल समावेश भएका छन् भने ती दलहरुमा आदिवासी जनजाति विभागहरु समेत गठन भएको अवस्था छ । अधिकारवाट वञ्चित आदिवासी जनजातिहरुलाई क्षमता अभिवृद्धि गरी सशक्तिकरण गर्दै उनीहरुको हक अधिकार स्थापना, जगेर्ना र प्रर्वद्धन तथा राज्यको मुल प्रवाहमा समाबेश गरी समन्नुत तथा न्यायीक समाजको स्थापना गर्न योगदान पु¥याउन सहयोग गर्ने उद्देश्यले यस महासंघको स्थापना भएको हो । आदिवासी जनजातिहरुको हक, अधिकार स्थापनाको सवालमा महासंघले विभिन्न प्रयासहरु गर्दै आएको छ । हाल यसले डानिडा हुगु (DanidaHUGOU) को सहयोगमा जनजाति सशक्तिकरण तथा समावेशी परियोजना संचालन गरी भर्खर मात्र सम्पन्न गरेको छ । साथै DanidaHUGOU सँग सन् २००९ देखि पाँच वर्षका लागि रणनीतिक साझेदारीका लागि सम्झौता समेत भैसकेको छ । DanidaHUGOU को सहयोगमा सन् २००५ बाट १० वटा सदस्य संस्था मार्फत १० जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएकोमा रणनीतिक साझेदारी पछि २० वटा सदस्य संस्थाहरु मार्फत NGOFONIN ले २० जिल्लामा कार्यक्रम गर्ने छ । आदिवासी जनजातिहरुको सशक्तिकरण प्रकृयावाट उनीहरुको सामाजिक, आर्थिक, राजनैतिक विकास प्रकृयामा सहभागीता वृद्धि गराउनु साथै राज्यको मुल प्रवाहमा र उनीहरुलाई स्थानीय साधन स्रोतमा पहुँच पु¥याउनु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ । आदिवासी जनजातिहरुको सशक्तिकरण प्रकृया अन्र्तगत यसले विभिन्न तालिम, गोष्ठी, अध्ययन भ्रमण, अनुसन्धान जस्ता कृयाकलापहरु संचालन गरिरहेको छ । यसै अनुरुप महासंघले यस आर्थिक वर्षमा कार्यसञ्चालन गर्ने २० वटा संस्थाहरुको कार्य योजना, आर्थिक बाँडफटको बारेमा, र कार्यक्रमको रुपरेखाको बारेमा अभिमुखीकरण गरी स्पष्ट पार्ने काम भएको थियो भने रणनीतिक साझेदारी पछिको पहिलो पर्षको यस आर्थिक वर्ष १७ असार २०६६ देखि शुरु भई ३२ असार २०६७ सम्मको रहेको छ । उक्त कार्यक्रममा विभिन्न कार्यसञ्चालन गर्ने २० सदस्य संस्थाहरु, कार्यसमितिका पदाधिकारीहरु र कर्मचारीहरु गरी ५५ जनाको सहभागीता रहेको थियो ।
संस्थागत विकास तालिम सम्पन्न २००९
नेपालका आदिवासी जनजातिहरु दुई सय ४० वर्ष सम्मको राज्यको एक जाति एक भाषा, एक धर्म, एक संस्कृतिको संरक्षण नीतिका कारण अधिकार बिहीन र पछाडी पारिएको अवस्थामा छन् । पछिल्लो समय, विशेष गरी २०४६ को राजनीतिक परिवर्तन पछिको खुलापनका कारण उनीहरु आफ्नो अधिकारका प्रप्तीका लागि विभिन्न कोणबाट आवाज उठाई रहेका छन् । सामाजिक आन्दोलनबाट उठान भएको आदिवासी जनजाति आन्दोलन बिस्तारै राजनीतिक आन्दोलन तर्फ केन्द्रीत हुन थालेको छ । हुनत विगतमा पनि जातीय मुक्तिका लागि राजनीतिक विद्रहहरु नभएका होईनन् । तर तत्कालीन राज्यको दमनकारी नीति र आदिवासी जनजातिमा आफ्नो अधिकार प्रति कम चेतना भएका कारण विद्रोहका स्वरहरु दबाईका थिए । पछिल्लो समयमा आएर राजनीतिरुपमा आदिवासी जनजाति सचेत जागरुक बनेको अवस्था छ । त्यसैको परिणाम स्वरुप अधिकाँश राजनीतिक दलको नीति तथा घोषणमा मात्र भएपनि आदिवासी जनजातिका सवाल समावेश भएका छन् भने ती दलहरुमा आदिवासी जनजाति विभागहरु समेत गठन भएको अवस्था छ । तर पनि उनीहरुमा आएको यो चेतना र जागरुकताको धरातल भने सामाजिक संघ संगठनहरुनै हुन । सामाजिक संघखसंस्थाले सञ्चालन गरेका विभिन्न प्रकारका चेतनामुलक तथा वकालतीय कार्यक्रमहरुका कारण नै स्थनीय स्तरका आदिवासी जनजातिहरुमा आफ्नो आकिारकाबारेमा सचेत र जागरुक हुन थालेको भन्नेमा कुनै दुईमत छैन । यस्ता विभिन्न आदिवासी जनजातिसँग सम्बन्धित सामाजिक संघ संगठनहरु उनीहरुको सशक्तीकरण र सचेतनाका लागि देशव्यापीरुपमा काम गरिरहेका छन् । जुन संस्थाहरु आफ्नो समुदायको जागरुकताका लागि आफ्नै पहल तथा विभिन्न दातृ निकायहरुको सहयोगमा उनीहरुको हक अधिकारकाबारेमा काम गरिरहेका छन् ।
कुल जनसंख्याको ३७.२ प्रतिशत रहेका आदिवासी जनजाति समुदायको राज्यका कुनै पनि निकायमा जनसंख्याको आधारमा प्रतिनिधित्व र पहुँच पुग्न सकेको छैन । उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताको पूर्ति हुन नसकिरहेको अवस्था छ । राज्यको कानूननै आदिवासी जनजातिका लागि पूर्वाग्रही रहेका कारण उनीहरुले आफ्नो परम्परा तथा अधिकारहरुको प्रयोग र उपभोग गर्न पाएका छैनन् । यसै सिलसिलामा DanidaHUGOU सँगको रणनीतिक साझेदारीको कार्यक्रमको Capacity Development कार्यक्रम अन्तर्गत Organization Developm अन्तर्गतनै NGOFONIN ले आदिवासी जनजाति संघ संस्थाहरुको क्षमता विकास गरी संस्थागत दीगो विकास गर्ने उद्येश्यले सदस्य यंस्थाहरुका प्रतिनिधिहरुलाई अगस्ट २७ देखी २९ सम्म संस्थागत विकास तालिम [Organisational Development Training (OD Training]को आयोजना गरेको थियो ।
प्रशिक्षक प्रशिक्षण तालिम (TOT Training) सम्पन्न
आदिवासी तथा जनजाति गैरसरकारी संस्था महासंघ नेपाल (NGO-FONIN) ले विभिन्न आदिवासी तथा जनजाति संघ संस्थाहरुको प्रतिनीधिहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम यहि मिति २०६६ असोज २४ देखि ३० गतेसम्म एक हप्ता सम्मको तालिम सम्पन्न गरेको छ । उक्त तालिमको उदेश्य विभिन्न संघ संस्थाबाट दक्ष प्रशिक्षक उत्पादन गर्ने रहेको थियो । जावलाखेल स्थित महिला विकास प्रशिक्षण केन्द्रमा सञ्चालित उक्त कार्यक्रममा १७ जना सहभागीताहरु रहेको थियो । उक्त कार्यक्रमलाई डम्मर लोहोरुङ र उत्तम उप्रेती ले सहजीकरण गर्नुभएको थियो ।

Major Activities of October 2009
8,9 October District program support w/s at chitwan
10,16- TOT Training
13,14, October W/S on Climate change
17 October Meeting at ILO
21 October - meeting with IPs NGOs
21, 24- Staff Selection
24, 30 TOT training 26, 27 October -W/S on financial management for strategic partnership to be organized by Danida HUGOU














प्रस्थाव तथा प्रतिवेदन लेखन तालिम सम्पन्न ।

आदिवासी तथा जनजाति गैरसरकारी संस्था महासंघ नेपाल अन्तर्गत जनजाति सशक्तिकरण तथा समावेसीकरण परियोजना जेपले ले प्रस्ताव लेखन तथा प्रतिवेदन लेखन तालिम आयोजना गरेको थियो । यहि मिति २०६५ साल फाल्गुन ८ गते देखि १४ सम्म होटल प्याराडाइजमा सम्पन्न उक्त तालिममा जनजाति सशक्तिकरण तथा समावेशीकरण परियोजना संस्चालन गरिरहेका १० वटा सदस्य संस्थाहरुका २।२ जना महिला र पुरुष प्रतिनीधिहरुको सहभागीता रहेको थियो । उक्त तालिमलाई डम्मर लोहोरुङ र उत्तम नेपालले सहजीकरण गरेको थियो । ४ दिनको प्रस्ताव र ३ दिनको प्रतिवेदन गरि जम्मा ७ दिन सम्म चलेको उक्त तालिममा सवै सहभागीहरुले उत्सुक्ताका साथ सहभागीता जनाएका थिए । तालिमबाट प्रस्ताव लेखन र प्रतिवेदन लेखन सम्वन्धि धेरै कुरा सिकेको र आगामी दिनमा यो तालिमको सहायताले आफ्नो संस्थाको लागी सहयोग पुग्ने सहभागीहरुको भनाई थियो । कार्यक्रमको अन्तमा सवै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरि समापन गरिएको थियो ।
सोही तालिम १० वटा जिल्ला संञ्जालका २।२ जना प्रतिनीधिहरुलाई पनि यहि मिति २०६५ साल फल्गुन १५ देखि २१ सम्म जावलाखेल स्थित स्टाप कलेजमा सञ्चालन गरिएको थियो । एउटै उदेश्य रहेको उक्त तालिममा विभिन्न जिल्लाबाट प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । सो तालिमलाई डम्मर लोहोरुङ, होम प्रसाद याम्फु, धनबहादुर तामाङले संयुक्त रुपमा सहजीकरण गरेको थियो । सहभागीहरुले आगामी दिनमा यो तालिमलाई उपयोग गर्दै आफ्नो आफ्नो जिल्लामा रहेका संस्थाहरुमा सहयोग पुग्ने बताएका थिए । कार्यक्रमको अन्तिम दिन सवै सहभागीहरुलाई प्रमाण पत्र वितरण गरि समापन गरिएको थियो ।