आदिवासी तथा जनजाति गैरसरकारी संस्था महासंघ नेपाल अन्तर्गत जनजाति सशक्तिकरण तथा समावेसीकरण परियोजना जेपले ले प्रस्ताव लेखन तथा प्रतिवेदन लेखन तालिम आयोजना गरेको थियो । यहि मिति २०६५ साल फाल्गुन ८ गते देखि १४ सम्म होटल प्याराडाइजमा सम्पन्न उक्त तालिममा जनजाति सशक्तिकरण तथा समावेशीकरण परियोजना संस्चालन गरिरहेका १० वटा सदस्य संस्थाहरुका २।२ जना महिला र पुरुष प्रतिनीधिहरुको सहभागीता रहेको थियो । उक्त तालिमलाई डम्मर लोहोरुङ र उत्तम नेपालले सहजीकरण गरेको थियो । ४ दिनको प्रस्ताव र ३ दिनको प्रतिवेदन गरि जम्मा ७ दिन सम्म चलेको उक्त तालिममा सवै सहभागीहरुले उत्सुक्ताका साथ सहभागीता जनाएका थिए । तालिमबाट प्रस्ताव लेखन र प्रतिवेदन लेखन सम्वन्धि धेरै कुरा सिकेको र आगामी दिनमा यो तालिमको सहायताले आफ्नो संस्थाको लागी सहयोग पुग्ने सहभागीहरुको भनाई थियो । कार्यक्रमको अन्तमा सवै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरि समापन गरिएको थियो ।
सोही तालिम १० वटा जिल्ला संञ्जालका २।२ जना प्रतिनीधिहरुलाई पनि यहि मिति २०६५ साल फल्गुन १५ देखि २१ सम्म जावलाखेल स्थित स्टाप कलेजमा सञ्चालन गरिएको थियो । एउटै उदेश्य रहेको उक्त तालिममा विभिन्न जिल्लाबाट प्रतिनीधिहरुको उपस्थिति रहेको थियो । सो तालिमलाई डम्मर लोहोरुङ, होम प्रसाद याम्फु, धनबहादुर तामाङले संयुक्त रुपमा सहजीकरण गरेको थियो । सहभागीहरुले आगामी दिनमा यो तालिमलाई उपयोग गर्दै आफ्नो आफ्नो जिल्लामा रहेका संस्थाहरुमा सहयोग पुग्ने बताएका थिए । कार्यक्रमको अन्तिम दिन सवै सहभागीहरुलाई प्रमाण पत्र वितरण गरि समापन गरिएको थियो ।

No comments:
Post a Comment